रायो भाल्लेकानो र भ्यालेन्सियाको विजयी शुरुवात

एजेन्सी । स्पेनिस लिग ला लिगामा रायो भाल्लेकानो र भ्यालेन्सियाले विजयी शुरुवात गरेका छन् । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा अल्मेरियालाई २-० गोलले हराउँदै भाल्लेकानोले सुखद शुरुवात गरेको हो ।

पावर हर्स स्टेडियममा  भएको खेलमा भाल्लेकानोलाई जीत दिलाउन इसाई पालाजोन र रान्डी एनकेताले समान एक-एक गोल गरे । दुवै गोल पहिलो हाफमा भएको हो ।

यस्तै गएराति भएको अर्को खेलमा भ्यालेन्सियाले सेभिल्लालाई २-१ गोलले पराजीत गरेको हो । भएको खेलमा भ्यालेन्सियालाई जीत दिलाउन मोउक्टर डीअखाबी र जाभिएर गुएराले समा एक-एक गोल गरे । सेभिल्लाको लागि योउसेफ एन-नेस्रीले एक गोल फर्काए ।

जीतसँगै रायो भाल्लेकानो र भ्यालेन्सियाले समान ३-३ अंक जोडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *