धनलक्ष्मी स्मृति स्क्वासमा प्लेट विधाको उपाधि व्लोनलाई

काठमाडौँ । पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता, २०८० अन्तर्गत प्लेट विधाको उपाधि पासाङ ब्लोनले जितेका छन् । शुक्रबार भएको फाइनलमा पासाङ व्लोनले विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले सोझो सेटमा हराउदै उपाधि जितेका हुन् ।

यसैगरी महिला एकलको फाइनल राष्ट्रिय च्याम्पियन विपना व्लोन र गत संस्करणको विजेता कृष्णा थापाबीच हुनेभएको छ । पाँच खेलाडी सामेल राउन्डरोविनमा यी दुवैले तीन÷तीन खेल जितेपछि शीर्ष दुई स्थानमा रहेर फाइन यात्रा तय गरेका हुन् ।

त्यस्तै पुरुष एकलमा उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा र दीपक थापा फाइनमा पुगेका छन् । फाइनल खेल भोलि शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *