कांग्रेस सांसद सुनिल शर्मा रिहा

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मा थुनामुक्त भएका छन् । जिल्ला अदालतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न र थुनामुक्त गर्न आदेश दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको हिरासतमा रहेका सांसद शर्मा शुक्रबार साँझ रिहा भएका हुन् । थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् ।

गृहमन्त्रीले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत उनले दिएका छन् । संसदमा सुन तस्करी प्रकरणका संरक्षकहरुलाई कारबाही गर्नुपर्ने आवाज उठाएकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा आफूलाई पक्राउ गरेको उनले बताए ।

उनले भने,’सुन तस्करका संरक्षकहरू विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरूले राजनीनामा दिनुपर्छ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो ।’

आफ्नो पक्षमा बोलेको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । उनले भने, ‘मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रूपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ, उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *