दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन २७ गते शनिबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन २७ गते शनिबार इश्वी सन् २०२३ अगस्त १२ तारीख अधिक श्रावणकृष्ण पक्ष एकादशी तिथि पश्चात् द्वादशी तिथि मृगशिरा नक्षत्र पश्चात आद्र्रा नक्षत्र हर्षण योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु परमाएकादशी व्रत अन्तर्राष्ट्रिय युवा दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउने छ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेको छ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिने छैन । नयाँ कार्यको थालनीका निम्ति उत्तम समय रहेको छ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको स्वास्थ्यमा देखिएकाे नकारात्मक असरले मनमा खिन्नता छाउने छ । कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा वैमनश्यता उत्पन्न हुनेछ । अपरिचित व्यक्तित्वहरूकाे विश्वास गर्नाले षड्यन्त्रमा फँसिएला, सजग रहनुपर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अवसर प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर रहने छन् । साजेदारी कार्यमा हात नहाले कै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आइपर्ला । तपाईँको कार्यले अन्य ब्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्ने छ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउँला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । सन्तान सम्बन्धि समस्याले सताउँने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण ब्यतित हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउँन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा सुधार आउने छ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाइ रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु विफल हुनेछन् । कठिनाइजनक यात्राको योग रहेको छ । आँटेका कार्यमा कडा परिश्रम गर्नुपर्ने छ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनुपर्ला ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुशीका लागि अनावश्यक परिश्रम खर्चिनुपर्ने छ । सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउँन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु विफल हुने छन् । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । अध्य्ययन अध्यापनमा समय उत्तम रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउँने छ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनुहोला । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौद्धिकताकाे खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्ने छन् । पठन पाठन सफल रहनाले बौद्धिकताकाे सर्वत्र कदर हुनेछ । प्रतिस्पर्धीहरू कमजोर रहने छन् । आम्दानीका क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउने छ । सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *