स्पेन र स्वीडेन महिला विश्वकपको सेमिफाइनलमा

एजेन्सी । स्पेन र स्वीडेन जारी फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेका छन् । शुक्रबार बिहान भएको खेलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २-१ गोलले हराउँदै स्पेन विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

विलिंगटन रिजनल स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८१ औं मिनेटमा मारिओना काल्डेनटीले गोल गर्दै स्पेनलाई जीततर्फ लम्काएकी थिइन् ।

तर इन्जुरी समयको पहिलो मिनेटमा स्टेफानी भान देर ग्राग्टले गोल गर्दै नेदरल्यान्ड्सलाई १-१ गोलको बराबरीमा ल्याएकी थिइन् । यस्तै अतिरिक्त समयको १ सय ११ औं मिनेटमा सालमा पारालुएलोले गोल गर्दै स्पेनलाई २-१ गोलको जीत दिलाएकी हुन् ।

यस्तै आजै भएको अर्को खेलमा जापानलाई २-१ गोलले हराउँदै स्वीडेनले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

इडेन पार्कआ भएको खेलमा स्वीडेनलाई जीत दिलाउन फिलिप्पा अन्जेलडाल र अमन्डा इलेस्तेडटले समान एक-एक गोल गरिन् । जापानको लागि रिको उएकीले एक गोल फर्काइन् ।

अब अगस्ट १५ मा हुने सेमिफाइनल खेलमा फाइनल प्रवेशको लागि स्पेन र स्वीडेन भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *