कांग्रेस सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं । अदालतले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । शर्मालाई सीआईबीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

शर्माकै जस्तो समान कसुरमा पक्राउ परेका अरु ७ जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। शर्मा प्रतिनिधि सभा सदस्य समेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *