सदन अवरुद्धबारे राष्ट्रपतिको चासो, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन् ।

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर सभामुख र अध्यक्षले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। उनीहरुबीच संसदमा जारी अवरोधबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए ।

सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीकाअनुसार भेटमा सभामुख घिमिरेले अविभावकको नाताले पहल गरिदिन राष्ट्रपतिसँग सहयोग मागेका थिए ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरी समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *