केसीको प्रश्नः सुनिल शर्माको पक्राउ अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकै कारण हो कि संयोग मात्र हो ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीका सांसद सुनिल शर्मा पक्राउ गम्भीर र आमचासोको विषय भएको बताएका छन् ।

सामाजिक संजालमार्फत केसीले संसदमा सुन तस्करीविरुद्ध सशक्त आवाज उठाएकैले पक्राउ गरेको हो कि संयोग मात्र हो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्, ‘भारतको बीडीबीकेएस कलेजबाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्रबारे को छानबिन ‘अपरेशन क्वाक’ले ७ वर्षअघि नै अनुसन्धान सुरु गर्यो र छाड्यो । त्यही केस हाल आएर सीआईबीले ‘फोक्सट्रोट चार्ली’अपरेसन ले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ । संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेकै कारण यो प्रकरण पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासो को विषय बनेको छ ।’

प्रहरीले शर्मालाई बिहीबार दिउँसो निवासबाटै पक्राउ गरेको थियो । प्रहरीले सांसद शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *