ला लिगा आजबाट शुरु हुँदै, पहिलो खेलमा अल्मेरिया र रायो भाल्लेकानो भिड्दै

एजेन्सी । स्पेनिस लिग ला लिगाको नयाँ सिजन आजबाट शुरु हुँदैछ । सिजनको पहिलो दिन आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा अल्मेरिया र रायो भाल्लेकानो भिड्दै छन् । पावर हर्स स्टेडियममा हुने खेल राति ११:१५ बजे शुरु हुनेछ ।

गत सिजन अल्मेरिया १७ औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको थियो भने भाल्लेकानोले ११ औं स्थानमा रहँदै सिजनको सुखद अन्त्य गरेको थियो ।

यस्तै आजै हुने अर्को खेलमा सेभिल्ला र भ्यालेन्सिया भिड्दैछन् । इस्टाडियो रामोन सान्चेज पिजुयनमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *