मन्त्रीले पद सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा अनिवार्य उपस्थित हुन वीर अस्पतालका स्वास्थ्यकर्मीलाई उर्दी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनकुमार बस्नेतले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा अनिवार्य उपस्थित हुन उर्दी जारी गरेको छ ।

अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले शुक्रबार दिउँसो दुई बजे राष्ट्रियसभा गृहमा हुने कार्यक्रममा एप्रोन लगाएरै उपस्थित हुन उर्दी जारी गरेका हुन् ।

मन्त्रीले कार्यभार सम्हालेको एकसय दिनमा यसरी कर्मचारीलाई उपस्थित हुन उर्दी जारी गरिएको भन्दै चिकित्सकले नै आपत्ति जनाएका छन् ।

डा.अभिशेकराज सिंहले सामाजिक संजालमा वीर अस्पतालका निर्देशकको उर्दीप्रति आपत्ति जनाएका छन् उनले भनेका छन्, ‘वीर अस्पतालका निर्देशकको लाज पनि लजाउने उर्दी – स्वास्थ्यमन्त्रीको मन्त्री भएको १०० दिन पुग्ने भएकोले सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई एप्रोन लगाएर राष्ट्रिय सभा गृहमा जय जयकार गर्न आउनु भनेर पत्र काटेछन् । चाकडी गर्नुको नि हद हुन्छ है । विवेक नै बन्दकी राखेर चाकडी गरेपछि मात्रै पदमा टिक्न सकिन्छ भन्ने मान्यताबाट मुक्त हुनुस् है निर्देशकज्यू अनि बेलैमा विज्ञप्ति सच्याउनुस् ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *