मार्सल आर्टस् टोली युके जाने

काठमाडौँ । अन्तर्राष्ट्रिय मार्सल आर्टस् च्याम्पियनसिपमा सहभागिताका लागि दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली संयुक्त अधिराज्यको नर्थ योर्कसायर प्रस्थान गर्ने भएको छ ।

यही साउन २७ गते हुने प्रतियोगितामा समीप श्रेष्ठले एकल काता तथा गुना गुरुङले चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्नेछन् । टोलीको व्यवस्थापकमा तेजबहादुर बरुवाल छन् । टोलीलाई सफलताको शुभकामना दिँदै आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्ष एवं नेपाल उमा कुङफु सङ्घका महासचिव भुपेन्द्र गुरुङ र आदिवासी खेलकुद सङ्घ नेपालका महासचिव सुरेश मगरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गरे ।

बिदाइका अवसरमा अध्यक्ष गुरुङले खेलाडीले पदक जितेर अन्तर्राष्ट्रियस्तरमा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्नेमा आफू विश्वस्त रहेको बताउँदै खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । प्रतियोगितामा नेपालबाट उद्धव थापामगरले पनि चाइनिज फम्र्समा प्रतिस्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उद्धव केही महिनादेखि संयुक्त अधिराज्यमै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *