आई.एम.ई. लाइफ इन्स्योरेन्स दुलेगौँडा शाखाद्वारा निशुल्क स्वास्थ्य सिविर सम्पन्न

दुलेगौँडा । छैटौं वार्षिकोत्सव अवसर पारेर आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दुलेगौँडा शाखाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । तनहुँ सेवा अस्पताल प्रा.लि. को प्राविधिक सहयोगमा इन्स्योरेन्सले बिहीबार तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ११ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा एक सय भन्दा बढि स्थानीय बासिन्दाले निशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरी निशुल्क औषधि समेत प्राप्त गरेको  शाखा प्रमुख सन्तोष राज लामिछानेले जानकारी दिए । उक्त कार्यक्रम सम्पन्न पश्चात बोल्दै लामिछानेले सम्पूर्ण सहभागी संस्थाहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका गण्डकी एरिया मेनेजर श्री पुर्शोत्तम पण्डितले जीवन बीमाको महत्वको बारेमा प्रकाश पारेका थिए । कम्पनीका गण्डकी प्रदेश प्रमुख श्री कर्म राज पौडेलले कम्पनीको संथागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आज देशै भरी निशुल्क स्वास्थ्य सिविर संचालन भएको जानकारी गराउदै आगामी भाद्र १ गते पोखरामा प्रभातफेरी सहित रक्तदान कार्यक्रम आयोजना गर्ने र उक्त कार्यक्रममा सहभागी हुनका लागि आह्वान गरेका थिए ।

सो अवसरमा वडा नं ११ का वडाध्यक्ष श्री सालिकराम भट्टराईले महेन्द्र माध्यमिक विद्यालय, तनहुँ सेवा अस्पताल र स्थानीय हिमालय आमा समूह र विद्यालयका शिक्षक कर्मचारी र आफ्ना अभिकर्ताहरुलाई धन्यवाद सहित प्रसंसा पत्र प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *