हवाई टापुको जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु

अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । माउई काउन्टीका अधिकारीहरूले बिहीबार विज्ञप्ति जारी गर्दै आगो निभाउने प्रयास जारी रहेको जनाएको छ ।

एघार हजारभन्दा बढीलाई माउईबाट हवाई उद्धार गरिएको छ । धेरै विमान कम्पनीले उद्धार उडान थपेका छन्भने भाडा पनि घटाएका छन् । तेज हावा र सुक्खा अवस्थाले हवाईको अधिकांश भागमा जोखिम बढेको छ भने आगो निभाउन हम्मेहम्मे परेको छ ।

आगोबाट हतास भएका केहीले समुद्रमा हामफाल्ने प्रयास गरेका थिए । राष्ट्रपति जो बाइडेनले सङ्घीय सरकारसँग उपलव्ध सबै स्रोत–साधन परिचालन गरी आगो निभाउन आदेश दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *