इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको गोली हानी हत्या

इक्वेडरको आसन्न राष्ट्रपतीय चुनावका एक उम्मेदवारको गोली हानी हत्या गरिएको छ । देशको उत्तरी सहर क्विटोमा बुधबार आयोजित एक कार्यक्रममा त्यहाँका सांसद फर्नान्डो भिल्लाभिसेन्सिओमाथि आक्रमण भएको थियो ।

उनको प्रचार अभियान समूहका एक सदस्यले बताएअनुसार भिल्लाभिसेन्सिओ आफ्नो कारमा चढ्ने क्रममा एक व्यक्तिले उनको टाउकोमा गोली हानेका थिए । प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय भिल्लाभिसेन्सिओलाई तीन पटक गोली प्रहार भएको थियो । राष्ट्रपति गुइलेर्मो लासोले उनको मृत्यु भएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् ।

सुरक्षाकर्मीसँग मुठभेड हुँदा सन्दिग्ध व्यक्तिलाई पनि गोली लागेको थियो र पछि उनको मृत्यु भएको महान्यायाधिवक्ताले जानकारी दिएका छन् । त्यहाँ आगामी अगस्ट २० मा राष्ट्रपति पदका लागि पहिलो चरणको निर्वाचन हुँदैछ ।

लासोले हत्याबाट आफू आक्रोशित र स्तब्ध भएको बताउँदै अपराधीलाई दण्ड दिने प्रतिबद्धता व्यक्त गरेका छन् इक्वेडरमा लागू औषध कारोबारीहरूको बढ्दो उपस्थितिका कारण हिंसात्मक अपराधमा वृद्धि हुनु राष्ट्रपतिको चुनावी अभियानको मुख्य मुद्दा बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *