सुडानी सेना र आरएसएफका लडाकूबीच भएको भिडन्तमा ६ जना गुप्तचरको मृत्यु

सुडानको ओमदुरमान शहरमा सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको भिडन्तमा ६ जना सुडानी गुप्तचर अधिकारीको मृत्यु भएको छ ।

ओमदुरमानमा सुडानी सेना र आरएसएफबीच भएको झडपमा ६ जना उत्कृष्ट गुप्तचर अधिकारीले ज्यान गुमाएका रक्षा मन्त्रालयले जनाएको छ । बुधबार पनि उक्त शहरमा हिंसात्मक झडप जारी रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मङ्गलबार दुवै पक्षले धेरै जना विपक्षीलाई मारेको तथा घाइते बनाएको दाबी गरेका थिए ।

यसैबीच, सुडान डाक्टर सिन्डिकेटले विज्ञप्ति जारी गर्दै ओमदुरमान र करारी क्षेत्रमा व्यापक बमबारी भएको र धेरैले ज्यान गुमाएका र अन्य केयौँ घाइते भएका जनाएको छ ।

सुडानी स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार गत अप्रिल १५ देखि राजधानी खार्तुम र अन्य क्षेत्रमा सुडानी सेना र आरएसएफबीचको सङ्घर्षमा तीन हजारभन्दा बढीको मृत्यु भइसहेको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *