रोनाल्डोको गोलसँगै अल नासर फाइनलमा

एजेन्सी । पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलको सहयोगमा अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा अल शोर्टालाई १-० गोलले हराउँदै अल नासर इतिहासकै पहिलोपटक फाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई जीत दिलाएका हुन् । विपक्षी खेलाडीले साडियो मानेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि अल नासरले पेनाल्टी पाएको थियो ।

अब अल नासरले शनिबार हुने फाइनल खेलमा अल हिलालको सामना गर्नेछ । हिजै भएको दोस्रो सेमिफाइनल खेलमा अल शाबाबलाई ३-१ गोलले हराउँदै हिलालले फाइनलमा अल नासरसँगको भेट पक्का गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *