दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन २५ गते बिहीबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन २५ गते बिहीबार इश्वी सन् २०२३ अगस्त १० तारीख अधिक श्रावण कृष्ण पक्ष नवमी तिथि पश्चात् दशमी तिथि कृत्तिका नक्षत्र पश्चात् रोहिणी नक्षत्र ध्रुव योग गर करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा लुम्व योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नजिकका आफन्तजनहरुबीचकाे सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । संचित रकम खर्च गर्नुपर्ने सम्भावना रहेको छ । वाणीका कारण सामान्य वादविवादको झमेलामा फँस्ने सम्भाबना रहेको छ । भोजभतेरजस्ता समाराेहमा सहभागीताको योग रहेको छ । सभा सम्मेलनमा सहभागीताको समय रहेको छ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ योजनाका साथमा नयाँ कार्यको थालनी गर्ने उत्तम समय रहेको छ । पारिवारिक साथ सहयोगमा व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त गर्न सकिने छ । प्रेम सम्बन्धमा मधुरता छाउने छ । अध्ययन अध्यापनमा लगाइएको समय महत्त्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित हुने छन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य वादवावादको झमेलामा फँसिएला । मानसम्मानमा आँच आउनसक्ने सम्भावना रहेकाले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउँने छ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अध्ययन अध्यापनकाे लागि समय उत्तम रहने छ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथ सहयोगले मनग्य लाभ प्राप्त रहने छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहने छ । बौद्धिक व्यक्तित्वहरुको अनुशरण दीर्घकालीन फाइदाका स्राेत बन्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, ट
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । सभासम्मेलनमा सरिक हुने अवसर प्राप्त रहने छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु परेता पनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहने छ ।

कन्या राशि -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । मान्यजनहरुको मार्गदर्शन निकै फाइदाजनक हुनेछ । असम्बन्धित व्यक्तिद्वारा सम्पादित कार्यको श्रेय तपाईँले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु
पारिवारिक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त रहने छ । साजेदारीमा नयाँ कार्यको थालनी हुन सक्ने सम्भावना रहेको छ । आम्दानीका विभिन्न श्रोतहरु फेला पर्ने छन् । मनोविलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने छ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । नयाँ कार्यका निम्ति नयाँ अवसरहरु प्राप्त रहने छन् । मित्रजनरुको प्रशन्नताका निम्ति समय ब्यतित गर्नुपर्ने छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । अध्ययन अध्यापनका माध्यमबाट आम्दानीका निम्ति दीर्घकालीन स्राेतहरु फेला पर्ने छन् । बौद्धिक तथा विशिष्ट व्यक्तिहरूको राय सल्लाहाले नयाँ कार्यको प्रारम्भ हुनसक्ने योग रहेको छ । पुराना मित्रजनहरूसँगको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथ सहयोगमा भने कमि महसुस रहने छ । भुमि तथा वहान सुख प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तपाईँसँग रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्ने छन् । मित्रहरुको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भावना रहने छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाईँलाई कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *