अग्रता जोगाउन नसक्दा आर्मी रोकियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको पहिलो खेलमा बराबरीमा रोकिएको छ। बुधबार दिउँसो भएको समूह ‘ई’ को खेलमा आर्मीले भारतको आई लिग टोली दिल्ली एफसीसँग १–१ गोलको बराबरी खेलेको हो ।

आसामको कोक्राझारस्थित साई सेन्टर रंगशालामा भएको खेलमा आर्मीको लागि दिनेश हेम्जनले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी बराबरीमा रोकिन बाध्य भएको हो । खेलको ३९ औं मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर ८८ औं मिनेटमा गोल बेहोर्दै आर्मी १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै आर्मीले एक खेलबाट १ अंक जोडेको छ। दिल्लीको भने २ अंक भएको छ । दिल्ली पहिलो खेलमा हैदराबाद एफसीसँग १–१ को बराबरीमा रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *