यसरी मनाइयो २९ औं विश्व आदिवासी जनजाति दिवस(फोटोफिचर)

काठमाडौं । आज अगस्ट ९, २९औँ विश्व आदिवासी जनजाति दिवस । आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । दिवसका अवसरमा आदिवासी–जनजाति समुदायका सदस्यहरू मौलिक पोशाकसहित विभिन्न झाँकीमा देखिएका थिए । संंयुक्त राष्ट्रसङ्घमा पनि आदिवासीसम्बन्धी सङ्गठन स्थापना गरिएको छ ।

नेपालमा २०४७ वैशाख २२ गते नेपाल आदिवासी जनजाति महासङ्घको स्थापना भएको हो । राष्ट्रसङ्घले सन् १९९४–२००४ लाई अन्तर्राष्ट्रिय आदिवासी दशक घोषणा गरेको थियो । सन् १९९४ को अगस्त ९ लाई विश्व अदिवासी दिवस मनाउन थालिएको र यो साल २९औँ आदिवासी दिवस हो । विश्वभरिका सरकार, आदिवासी जनजाति सङ्घ संस्था र अध्येताले आदिवासी जनजातिको हक अधिकार संरक्षण र संवर्द्धनका लागि उनीहरूले भोग्दै आएका समस्या र चुनौतीको सामना गर्न सबै समुदायलाई सचेत गर्न गराउन यो दिवस मनाइन्छ ।

नेपालको संविधानको भाग २७ धारा २६१ मा आदिवासी जनजाति आयोगको व्यवस्था गरेको छ । सो आयोगले आदिवासी जनजातिसम्बद्ध नीति निर्माणका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

\

Leave a Reply

Your email address will not be published. Required fields are marked *