सुर्य कुमारको विस्फोटक ब्याटिङमा भारत विजयी

एजेन्सी । सूर्यकुमार यादवले विस्फोटक ब्याटिङ गरेपछि भारतले वेस्ट इन्डिजविरुद्धको टी-२० आई सिरिजमा पहिलो जीत निकालेको छ । मंगलबार राति भएको तेस्रो खेलमा वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै भारतले ५ खेलको सिरिज २-१ को स्थितिमा ल्याएको हो ।

जीतको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा १ सय ६४ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । भारतको लागि सुर्य कुमार यादवले ८३ रन बनाए । उनले ४४ बलमा १० चौका र ४ छक्काको हिर्काए । यस्तै तिलक भर्माले ३७ बलमा ४ चौका र एक छक्काको सहयोगबाट ४९ रन बनाउँदा हार्दिक पान्ड्यले २० रन बनाए ।

वेस्ट इन्डिजको लागि अल्जारी जोसेफले दुई र ओबेड म्याककोएले एक रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि ब्राण्डन किंगले ४२, रोभ्मन पावेलले ४०, कल मार्सले २५, निकलोस पोरानले २० र जोह्न्सन चार्लेसले १२ रनको योगदान गरे ।

भारतको लागि कुलदिप यादवले तीन विकेट लिंदा अक्सर पटेल र मुकेश कुमारले समान एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *