फ्रान्स र कोलम्बिया क्वाटरफाइनलमा

एजेन्सी । फ्रान्स र कोलम्बिया फिफा महिला विश्वकपको क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार दिउँसो भएको खेलमा मोरोक्कोलाई ४-० गोलले हराउँदै फ्रान्स अन्तिम ८ मा पुगेको हो ।

हिन्दमार्स स्टेडियममा भएको खेलमा फ्रान्सलाई जीत दिलाउन इगेनी सोमरले दुई गोल गर्दा केजा डली र काडिडिटोउ डिआनीले एक गोल गरिन् ।

यस्तै हिजै भएको अन्तिम १६ को अर्को खेलमा जमैकालाई १-० गोलले हराउद्नै कोलम्बियाले अन्तिम ८ मा आफ्नो स्थान सुरक्षीत गरेको हो । कोलम्बियालाई जीत दिलाउन काटालीना उसमेले निर्णायक गोल गरिन् ।

अब अगस्ट १२ मा हुने क्वाटरफाइनलमामा फ्रान्सले घरेलु टोली अष्ट्रेलियासँग खेल्नेछ भने कोलम्बियाले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *