दक्षिणकाली माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् साउन २४ गते बुधबारको राशिफल

श्री शाके १९४५ बि. स. २०८० साउन २४ गते बुधबार इश्वी सन् २०२३ अगस्त ९ तारीख अधिक श्रावणकृष्ण पक्ष अष्टमी तिथि पश्चात् नवमी तिथि भरणी नक्षत्र पश्चात् कृत्तिका नक्षत्र वृद्धि योग तैतिल करण चन्द्रमा मेष राशिमा पश्चात् वृष राशिमा आनन्दादि योगमा काण योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु आदिवासी दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । विश्वासिला भनिएकाे व्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विश्वासिला भनिएका व्यक्तिहरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा बृद्धि हुने योग परेको छ । दाम्पत्य सुखमा कमि आउनेछ । मान्यजनको साथ प्राप्त हुनेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । मध्यान्ह पश्चात् कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पत्तीबिच सामान्य कलह रहने सम्भावना रहन सक्छ । परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस हुनेछ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय व्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दिर्घकालीनरूपमा फाइदामूलक तुल्याउन सकिने छ । पूराना मित्रजनहरुसँगको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सम्बन्धित व्यक्तिहरूसँगकाे संगतले अपजसको सामना गर्नुपर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहने छ । सभासम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुने छ । सवारि साधनको प्रयोगमा साबधान रहनुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्नेछ । मध्यान्ह पश्चात् मित्र तथा दाजु भाइबीचको सम्बन्धमा सुधार आउने छ । गरिरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय असम्बन्धित व्यक्तिहरूले प्राप्त गर्ने छन् । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भोग बिलासका क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । कार्य क्षेत्रमा गरिएकाे लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय रहेकाे छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानी मध्यम रहने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा सम्पन्न कामबाट अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य चुनौति पश्चात् आम्दानी उत्तम रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावका कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा आफु अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान्ह पश्चात् बौद्धिक ब्यक्तिहरुका बीचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहने छ । मान्यजनहरुको साथ सहयोगमा आर्थिक क्षेत्र दीर्घकालिनरूपमा फाइदामूलक तुल्याउन सकिने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानी उत्तम रहनेछ । मध्यान्ह पश्चात् आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँ कार्यको थालनीका निम्ति समय उत्तम रहने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको दवाबको कारण मानसिक समस्या आइपर्ने छ । वाणीमा मधुरता छाउने छ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान्ह पश्चात् नजिकका मित्रजनहरुबीचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *