सन्दीपको टोली सुर्रे जागुअर्स फाइनलमा

एजेन्सी । नेपाली राष्ट्रिय किकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने सम्मीलित सुर्रे जागुअर्स ग्लोबल टी-२० लिगको फाइनलमा पुगेको छ । शुक्रबार राति भएको पहिलो क्वालिफायरमा भान्कोउभेर नाइट्सलाई ३८ रनले हराउँदै सुर्रे लिगको फाइनलमा पुगेको हो ।

जीतको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको भान्कोउभेर १६.४ ओभरमा १ सय १ रनमै अलआउट भएको हो ।

सुर्रेलाई सस्तैमा समेट्न सन्दीपले दुई ओभरमा ८ रन दिँदै दुई विकेट लिए ।

यसअघि सीएए  सेन्टरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुर्रेले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

अब सुर्रेले उपाधिको लागि मोन्ट्रेल टाईगर्स      भान्कोभेर नाइट्सबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *