जाजरकोटमा जङ्गली च्याउ खाँदा एकजनाको मृत्यु

जाजरकोट । जङ्गली च्याउ खाँदा जाजरकोटमा एक जनाको मृत्यु भएको छ भने एक सिकिस्त बिरामी छन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको शुक्रबार मृत्यु भएको हो ।

मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ् । आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।

आमा किविलीको स्थानीय लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनलाई थप उचारका लागि दल्ली अस्पताल लैजाने तयारी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले बताए । जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *