एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य पार्टीबाट निस्कासित

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमालेमा फर्किन लागेको भन्दै केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासन गरेको छ ।

केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले पटकपटक सम्झाउँदा पनि नमानेकाले कर्माचार्यलाई निष्कासन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । कर्माचार्य शनिबार चौतारामा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *