युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो प्रयासलाई विफल पारेको पनि रुसले जनाएको छ ।

‘आज राति युक्रेनी सशस्त्र बलहरूले नोभोरोसियस्क नौसेना आधारमा दुई मानव रहित समुद्री डुङ्गाहरूद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानव रहित ती डुङ्गाहरू नष्ट गरिएको छ,’ रुसको टिप्पणी छ ।

नोभोरोसियस्कमा ट्याङ्करहरूमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ ।

यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ। कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ जसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ जहाँ विश्व बजारहरूमा ढुवानीका लागि ट्याङ्करहरूमा तेल लोड गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *