मञ्जुको ‘यो तीजमा नजाने माइत’ सार्वजनिक

काठमाडौँ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक गरिएको छ ।

सङ्गीतकार शम्भुजीत बाँस्कोटाले सङ्गीत भर्नुका साथै शब्द रचना गरेको उक्त गीतको श्रव्यदृश्यमा अभिनेत्री शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढु¬ङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामालगायतले अभिनय गरेका छन् ।

गायिका थापाले अडियो र श्रव्यदृश्यलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताए । उनले भने, “गीतमा चाडपर्वको रौनकसँगै चेलीको मनोभावलाई प्रस्तुत गर्ने कोसिस गरेका छौँ ।”

सङ्गीतकार बास्कोटासँग तीज लक्षित गीत हरेक वर्ष एउटा मात्र तयार गर्ने गरेको उनले बताए । थापाले भने, “नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन हँुदैन । अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको छ ।” राजधानीमा कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *