रोनाल्डोको गोलसँगै अल नासर नकआउट चरणमा

एजेन्सी । पोर्चुजिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो अरब क्लब च्याम्पियन्स कपको नकआउट चरणमा पुगेको छ । बिहीबार राति भएको खेलमा जामालेक एससीसँग १-१ गोलको बराबरी खेल्दै अल नासर  क्वाटरफाइनलमा पुगेको हो ।

अल नासरको लागि रोनाल्डोले एक गोल गर्दा जामलेकको लागि जिजोले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा जिजोले पेनाल्टीमा गोल गर्दै जामालेकलाई शुरुवाती अग्रता दिलाएका थिए । ८७ औं मिनेटमा कोनानको क्रसमा रोनाल्डोले हेडर गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो । बराबरीसँगै अल नासर ३ खेलबाट ५ अंक जोड्दै समूह सीको उपविजेताको रुपमा नकआउट चरणमा पुग्दा समान खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहेको जामालेक प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *