राष्ट्रियसभामा एमालेको अवरोध, उच्चस्तरीय छानबिन समिति बनाउन माग

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको बैठक अवरुद्ध पारेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमाले बिहीबारको बैठक अवरुद्ध पारेको हो । नेकपा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले देश तस्करको बनाउनु नहुने भन्दै उच्चस्तरीय छानबिन समिति नबनाउन्जेल बैठक चल्न नदिने बताए ।

उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए । उनले बैठक चल्न नदिने बताएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए । नेकपा एमालेले प्रतिनिधि सभाको बैठक पनि साउन १० देखि अवरोध गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *