रियो दि जेनेरियोमा भएको प्रहरी कारबाहीमा नौ जनाको मृत्यु

रियो दि जेनेरियो शहर आसपास प्रहरीले गरेको कारबाहीमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । भर्खरैका हिंसात्मक घटनाहरूका कारण कम्प्लेक्सो दा पेन्हामा आपराधिक समूहहरूलाई लक्षित गर्दे प्रहरी कारबाही तीव्र पारिएको हो ।

ब्राजिलमा पछिल्ला दिनहरूमा यस्ता कारहबाहीलाई राजनीतिक समर्थनसहित तीव्रता दिइएको छ । यद्यपि यस किसिमका कारबाहीमा प्रहरीले व्यापक बल प्रयोग गरेको भन्दै आलोचना पनि भएको छ ।

अल जजीराका अनुसार ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोले,’प्रहरी शक्तिको दुरुपयोगको चिन्तालाई अस्वीकार गर्दै भनेका छन्– अपराधीहरू ‘साङ्लो जस्तै मर्नुपर्छ।’

उनले ब्राजिलमा ‘बुलेट लबी’ लाई दृढतापूर्वक समर्थन समेत गरेका छन् । यहाँ यो शब्दावली राजनीतिक शक्तिहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ जसको आशय बन्दुक, अपराध विरोधी कानून, र कानून प्रवर्तनमा बढेको पहुँचको पक्षमा एकजुट हुनुलाई बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *