पशुपति शर्माको ‘झुक्याउन पाइँदैन’

काठमाडौं । गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । बिहीबार शर्माकै अफिसियल युट्युब च्यानलमार्फत ‘झुक्याउन पाइँदैन’बोलको गीत सार्वजनिक गरिएको हो ।

यो गीतमा पशुपति र निशा केसीको स्वर छ । शब्द एवं संगीत पनि पशुपतिकै छ । विनोद बाजुरालीले गीतलाई एरेन्ज गरेका हुन् । भिडियोमा पशुपति शर्मा मोडल अञ्जली अधिकारीका साथ देखिएका छन् ।

भिडियोलाई स्मृति तिमिल्सिनाले कोरियोग्राफी एवं निर्देशन गरेकी हुन् । दुर्गा पौडेलको छायाँकन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *