प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्दैछ । बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । यसअघि गत मंगलबार बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

न्यायपरिषद् सचिवालयले न्यायाधीशहरूको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको छ । सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संवैधानिक व्यवस्था छ ।

सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको नाम छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने गरिन्छ । यस आधारमा विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशको लागि सिफारिसमा पर्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *