इटाली र अर्जेन्टिना विश्वकपबाट बाहिरिए

एजेन्सी । इटाली र अर्जेन्टिना फिफा महिला विश्वकपबाट बाहिरिएका छन् । बुधबार भएको आ-आफ्नो खेलमा पराजीत भएसँगै दुवै इटाली र अर्जेन्टिना विश्वकपको समूहचरणबाटै घर फर्किएका हुन् ।

आज भएको समूह ‘जी’ पहिलो खेलमा अर्जेन्टिना स्विडेनसँग २-० गोलले पराजीत भएको हो ।

यस्तै आजै भएको दोस्रो खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३-२ गोलले हराएको हो ।

जीतसँगै स्वीडेन तीन खेलबाट ९ अंक जोड्दै समूहविजेताको रुपमा नकआउट चरणमा पुग्दा समान खेलबाट ४ अंक जोडेको दक्षिण अफ्रिका समूह उपविजेताको रुपमा अगाडि बढेको हो । क्रमस तीन र एक अंक जोडेका इटाली र अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *