‘अदृश्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहीत मानन्धरको मुख्य भूमिका रहेको सिनेमा ’अदृश्य’को सस्पेन्स थ्रिलर ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा सार्वजनिक २ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले पछिल्लो समय देशमा भैरहेका हत्या, हिंसा र बलत्कार जस्ता अपराधको कथा सिनेमाले उठान गरेको छ ।

सिनेमाको सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सह–निर्माता हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *