सुडानी अर्धसैनिक बलद्वारा उत्तरपूर्वी सहरमा लुटपाट

सुडानको अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सका बन्दुकधारीहरूले एक दुर्गम शहरमा लुटपाट गरेका छन् । मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफले करिब तीन महिनादेखि जनरल अब्देल फत्ताह अल बुरहानको नेतृत्वको आधिकारिक सेनासँग लडिरहेको छ ।

जारी द्वन्द्वले कम्तीमा तीन हजार व्यक्तिको ज्यान लिइसकेको छ र लाखौं विस्थापित भएका छन् । उत्तरी कोर्डोफानको राजधानी एल–ओबेदबाट ५० किलोमिटर उत्तरपूर्वमा रहेको बारामा आरएसएफले ‘बैंक र सार्वजनिक भवनहरू लुटिरहेको’ सहरका केही प्रत्यक्षदर्शीले बताएका छन् ।

खार्तूमबाट ३५० किलोमिटर दक्षिणमा रहेको एल–ओबेद एक रणनीतिक व्यवस्थापकीय सामानहरूको जोहो गर्ने एक व्यावसायिक केन्द्र हो । यहाँ विमानस्थल र खाद्य भण्डारणका लागि विशाल गोदामहरू छन् । गत अप्रिल १५ देखि जारी द्वन्द्व राजधानी खार्तुम, उत्तरी कोर्डोफान र डार्फरको विशाल पश्चिमी क्षेत्रमा केन्द्रित छ । ती स्थानहरूमा संयुक्त राष्ट्रसङ्घले ‘मानवताविरुद्धको अपराध’ हुन सक्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *