आज श्री शाके १९४५ बि. स. २०८० असार २२ गते शुक्रबार इश्वी सन् २०२३ जूलाई ७ तारीख श्रावण कृष्ण पक्ष चतुर्थी तिथि पश्चात् पञ्चमी तिथि शतभिषा नक्षत्र आयुष्मान योग कौलव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा धाता योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति गरिएको लगानी उत्तम साबित रहने छ । सामान्य यात्राको योग बन्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । समयमा गरिएको सही निर्णय उत्तम साबित हुने छन् ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आइपर्ने छ । मान्यजन तथा पारिवारिक साथ सहयोगमा केही दुरीको सामना गर्नुपर्ला । भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ । विद्या तथा वाैद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने छ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम काजको क्षेत्रमा भने विशेष सजग रहनुहोला अपजस आइपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट तथा शाहसमा बृद्धि भएता पनि साथी भाइहरु टाँडिएको अनुभव हुन सक्ला । मान्यजनहरुको साथ सहयोगमा गरिएका कार्यहरु उत्तम रहने छन् । यात्रामा सावधानी अपनाउनुहोला ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्न सक्ला, तसर्थ वाणिमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्ने हुनसक्छ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार व्यवसायमा सामान्य समस्या देखापर्न सक्ने छ । खुट्टा तान्ने ब्यक्तिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा विशेष होसियार हुनुपर्ने समय रहेकाे छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्नेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । तात्कालीनरूपमा आर्थिक अभावको सामना गर्नुपर्ने छ । नजीक भनिएका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साह छाउने छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनुपर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहने छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनुहोला । सभा सम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । मानसम्मान प्राप्तिको योग रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनुहोला ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँट शाहसमा बृद्धि हुनाले तपाईँका बिपक्षीहरु कमजोर रहने छन् । मित्र तथा दाजु भाइसँगकाे सम्बन्धमा सुधार आउने छ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जनमुलक यात्राको सम्भाबना रहेको छ । माल सामान हराउन सक्ने सम्भाबना रहेको छ । अपरिचित व्यक्तिहरूकाे विश्वासमा नपरे कै बेश रहने छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानमा विशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाइदाजनक हुनेछ । स्वास्थ्य सम्बन्धि समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउन सक्छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । सामान्य वादबिवादको झमेलामा फँसिने सम्भाबना रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोर झमेलाले सताउँन सक्छ । तपाईँको कार्यको फाइदा अरुले सहजै लिन सक्ने छन् । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ति उत्तम समय रहेको छ ।
मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको विश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला । पारिवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।