काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संभामुखको संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले नगरेको बताएका छन् । कोशी प्रदेशमा बहुमत पुर्याउन सभामुखको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी प्रस्तुत भएपछि आचार्यले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन । यस्तो कार्य असंसदीय र असंवैधानिक छ । सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ । कोशी प्रदेशका सभामुखको यस्तो कार्य संसद्को अपहेलनाजन्य कार्य हो । यसरी सरकार गठन गर्नु भन्दा त प्रदेश सरकार नै नरहनु ठीक हुन्छ ।’
माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमको हस्ताक्षरसहित कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गरेका थिए। उक्त दाबीलाई स्वीकार गर्दै प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।