सल्यान । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका–३, स्थित चोरखोला नजिक गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दामोदर केसीका अनुसार मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका ४ का ७० वर्षीय बालाराम डाङ्गी र उनका ४० वर्षीय छोरा टोपलाल डाङ्गी रहेका छन् । घाइते हुनेमा गाडी मालिक सल्यानको छत्रेश्वरी गाउँपालिका ६ का ३३ वर्षीय महेन्द्र वली छन् ।
सल्यानबाट रोल्पाका लागि छुटेको रा १ ख ८३४ नम्बरको बसमा विद्युतको पोललाई सपोर्ट दिन राखिएको तारबाट करेन्ट लागेको प्रहरी प्रमुख केसीको भनाई छ ।