राष्ट्रपति सीद्वारा पार्टीको सैद्धान्तिक नवीनतामा थप उपलब्धि हासिल गर्न आह्वान

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं राष्ट्रपति सी चिन फिङले पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको सामूहिक अध्ययन सत्रको अध्यक्षता गर्दै महासचिव सीले पार्टीको सैद्धान्तिक प्रगल्भ बुझाइ निरन्तर गहिरो हुनुपर्ने बताएका हुन् ।

माक्र्सवादलाई चिनियाँ परिवेश र समयको आवश्यकतासँग समाहित गर्न नयाँ सीमाना खोल्नु आजका चिनियाँ कम्युनिष्टको गम्भीर एवम् ऐतिहासिक जिम्मेवारी भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *