उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन् केन्द्रको अवलोकन

छेन्दु (चीन) । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन केन्द्रको अवलोकन गरेका छन् ।
पाँचदिने चीन भ्रमणमा रहेका उनले बिहीबार प्रजनन केन्द्रको अवलोकन गरेका हुन् । त्यसक्रममा केन्द्रका पदाधिकारीले उनलाई पाण्डा संरक्षणमा चीन सरकारले गरेका कार्यका सम्बन्धमा जानकारी गराएका थिए ।

चीनले पाण्डालाई उचित महत्व दिँदै संरक्षणमा जोड दिँदै आएको छ । सो केन्द्रमा करिब दुई सयको सङ्ख्यामा पाण्डा रहेका छन् । पाण्डा अवलोकनका लागि सो केन्द्रमा दैनिक ९० लाख पर्यटक पुग्ने गरेको छन् । केन्द्रमा पाण्डाको प्रजनन कार्य हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *