विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दललाई आग्रह गरेका छन् । बिहीबार प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन्।
कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनले सरकार परिवर्तन गर्ने खेलले प्रदेशप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुनेतर्फ सचेत हुनु पर्ने बताए।
प्रदेशको विकासका लागि सबै एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । कार्कीले कोसी प्रदेशमा सर्वदलीय सरकारको विकल्प नभएको बताए।