प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । चीन भ्रमण सकेर फर्केपछि अध्यक्ष तिमिल्सिनाले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन् ।

भेटमा उनले चीन भ्रमणमा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । यस्तै उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *