‘नम्बरी सुन’ को टिजर सार्वजनिक

काठमाडौं । राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’ को टिजर सार्वजनिक भएको छ। ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा नम्रता सापकोटा र गौरव पहारीको प्रेम सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ।

फिल्ममा नम्रता सापकोटा, गौरव पहारी, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायत कलाकारको अभिनय छ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ। यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो।

दिव्य सुवेदीले छायांकन गरेको फिल्मलाई गौतमराज खड्काले सम्पादन गरेका हुन्। यो फिल्म भदौ १ गतेदेखि प्रदर्शन हुनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *