दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा शान्ति अभियानको नेतृत्व गर्दै रूसमा

अफ्रिकी प्रतिनिधिमण्डलको नेतृत्वमा भएको वार्ताको पूर्वसन्ध्यामा दक्षिण अफ्रिकाका राष्ट्रपति रूसको सेन्ट पिटर्सबर्ग आइपुगेका छन् । अफ्रिकी नेताहरूले द्वन्द्वका कारण उत्पन्न आर्थिक मन्दीका कारण अफ्रिकामा खाद्य असुरक्षा बढेपछि आफ्ना मुद्दाहरूलाई सुनाउने प्रयास गरिरहेका छन् ।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको रचनात्मक छलफलपछि रूसको सेन्ट पिटर्सबर्गमा आएको दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालय स्रोतले जनाएको छ ।

प्रतिनिधिमण्डलले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग १६ महिना लामो द्वन्द्व अर्थात् विनाशकारी आर्थिक प्रभाव, जनधनको क्षति र विश्वव्यापी अस्थिरताको अन्त्यका लागि शान्तिको मार्ग खोज्न भेट्नेछ ।

यस अभियानमा रामाफोसा, सेनेगलका म्याकी सल, जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अजाली असौमानी सहभागी रहेका छन् । युगाण्डा, इजिप्ट र कङ्गो–ब्राजाभिलका नेताहरूले अन्तिम समयमा भ्रमणमा आफ्ना प्रतिनिधिहरू पठाएका छन् ।

gरामाफोसाले अघिल्लो दिन कीभमा आयोजित पत्रकार सम्मेलनमा शान्ति अभियान सफलताका लागि कीभ र मस्को दुवैले दुवै पक्षबाट तनाव कम गर्नेपर्ने बताए । तर जेलेन्स्कीले प्रतिनिधिहरूसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त सम्भावनालाई अस्वीकार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *