काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका– ५ का वडाध्यक्ष सब्दुल मियाँलाई शिक्षकसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
आयोगको टोलीले मियाँको साथबाट ५० हजार रुपैयाँ घुस बरामद गरेको छ। मियाँले विद्यालयको भवन निर्माणसँग सम्बन्धित कामका विषयमा शिक्षकसँग घुस लिइरहेको बेला पक्राउ गरेको हो । मियाँले हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको निर्माण सम्पन्न भएको सिफारिसका लागि घुस मागिएको अख्तियारले जनाएको छ।