अख्तियारका आयुक्त चन्दको ‘मैना चरी’

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दद्वारा लिखित ‘मैना चरी’ बोलको गीत सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमबीच ‘मैना चरी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

चन्दको शब्द रहेको गीतमा मेलिना राईको स्वर छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले अभिनय गरेकी छन् । भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने निर्देशन सरोज ओलीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *