राजस्व चुहावटसम्बन्धी मुद्दामा चूडामणि शर्मा दोषी ठहर

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध दायर भएको राजस्व चुहावटसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ ।

बिहीबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो । गैरकानुनी सम्पत्ति आर्जनमा भने शर्माले सफाइ पाएका छन् ।

विशेष अदालततले २५ जेठमा सजाय निर्धारण गर्ने भएको छ । उनीहरुले कर फर्स्योट आयोगमार्फत् १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो। उनीहरुविरुद्ध २०७४ साउन १ गते राजस्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतमा मुद्दा दायर पछि उनीहरु जनही १/१ करोड धरौटीमा रिहा भएका थिए ।

कर फर्स्योट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ राजस्व मिनाहा गराएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *