सुन प्रतितोला १ लाख १२ हजार

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटिरहे पनि नेपालमा भने सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

बजेटपछि प्रतितोला सुनको भाउ ३ हजार ९ सय रुपैयाँ बढेको हो । बुधबार सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु-याएकाले अहिले नेपालमा सुनको मूल्य उच्च दरले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले बजेटमार्फत नै प्रतितोला ५ प्रतिशत भन्सार दर बढाइदिएकाले बजारमा यस्तो प्रभाव परेको बताए । यसैगरी, बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर लगाएको छ ।

महासंघका अनुसार बुधबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी, प्रतितोला तेजावी सुन १ लाख ११ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च रहेकाे समाचार राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *