प्रधानमन्त्री प्रचण्डसँग मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलको भेट

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार  अजित डोभलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल  प्रधानमन्त्री बसेको होटल मौर्य पुगेका थिए । त्यस्तै भारतीय विदेश सचिव विनयमोहन क्वात्रा पनि प्रधानमन्त्रीलाई भेट्न पुगेका छन् ।

त्यसअघि उनलाई बुधबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लाखेले स्वागत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *