प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले गरिन् स्वागत(फोटोफिचर)

काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका हुन् । नेपालका प्रधानमन्त्रीको स्वागतका लागि विदेशमन्त्री विमानस्थलमा आउने पुरानो परम्परा रहेपछि एस जयशंकर प्रचण्डलाई स्वागत गर्न पुगेनन् ।

पछिल्लोपटक शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *